पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

पूर्व–पश्चिम राजमार्गको बबईसोता पुल नजिकै सडकदेखि तल बस खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएकाे छ।

दाङ– पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ। ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान ५ बजेतिर दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको बबईसोता पुल नजिकै सडकदेखि तल बस खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएकाे छ।  बसमा १६ जना यात्रु थिए। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।

सवारीचालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन।