विश्वमै अहिंसाका लागि मानिएका नेता महात्मा गान्धीको जन्मदिनलाई यस दिवसका रूपमा मनाउने गरिएको छ।
काठमाडौँ– सधैँझैँ यो वर्ष पनि अक्टोबर २ का दिन विश्व अहिंसा दिवस मनाइँदैछ। विश्वमै अहिंसाका लागि मानिएका नेता महात्मा गान्धीको जन्मदिनलाई यस दिवसका रूपमा मनाउने गरिएको छ।
गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसात् गर्नका लागि यो दिनलाई विश्वभरि पैरवी गरिन्छ। सन् २००७ मा संयुक्त राष्ट्रसंघले शुरू गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा मोहनदास करम चन्द गान्धीको नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्ने गरिन्छ।
याे वर्ष यस दिवसकाे कुनै नारा ताेकिएकाे छैन। विश्व राजनीतिमा उनले स्थापित गरेको अहिंसाको सिद्धान्त र उनकाे याेगदानलाई याद गर्दै याे दिवस मनाइने राष्ट्रसंघले जनाएकाे छ। गान्धीले भारतमा अंग्रेजको उपनिवेसविरुद्ध शान्त ढंगले स्वतन्त्रताको लडाइँ लडेका थिए। पछि उनलाई नाथुराम गोड्सेले गोली हानी हत्या गरेका थिए।
त्यस्तै सरकारले आज विश्व बसोबास दिवस पनि मनाउने भएको छ। सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल आयोजना गरी यो दिवस मनाइने भएको हो। संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष पहिलो अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
