भैँसीले दिसा गरेमा त्यसमै आउँछ कि भनेर एक दिन पर्खे तर नआएपछि डाक्टरले अर्को दिन अपरेसन नै गर्ने निर्णय गरे।
भारतको महाराष्ट्रमा पर्ने वशिम जिल्लामा भैँसीले मंगलसूत्र नै निलेको छ। साढे दुई तोलाको मंगलसूत्र निलेपछि भैँसीको अपरेसन गरेर निकालिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
याे घटना त्यहाँकाे सारसी गाउँको हो। रामहरि नाम गरेका किसानकी श्रीमतीले नुहाउने क्रममा आफ्नो मंगलसूत्र भटमास र बदामको बोक्राहरू राखिएको भाँडोमा लुकाएकी थिइन्। नुहाएर फर्किँदा उनले त्यही भाँडाे भाेकाएकाे भैँसीकाे अगाडि राखिदिइन् र आफू घरकाे अन्य कामधन्दामा लागिन्। जब उनलाई आफ्नाे घाँटीमा मंगलसूत्र छैन भन्ने लाग्याे दगुर्दै बाहिर आइन्। तर, त्यतिन्जेल भाँडाेमा राखिएका बदामका बोक्रासँगै भैँसीले मंगलसूत्र पनि निलिसकेकाे थियाे।
त्यो देखेर आत्तिएकी उनले तुरुन्तै आफ्नो श्रीमानलाई जानकारी गराइन्। उनका श्रीमानले गाउँकै पशुचिकित्सकलाई फोन गरे। डाक्टरको सल्लाहअनुसार भैँसी लिएर भेटेरिनरी पुगे। मेटल डिटेक्टरको सहायतामा डाक्टरले भैँसीको पेटमै मंगलसूत्र रहेको यकिन गरे।
भैँसीले दिसा गरेमा त्यसमै आउँछ कि भनेर एक दिन पर्खे तर नआएपछि डाक्टरले अर्को दिन अपरेसन नै गर्ने निर्णय गरे। दुई घण्टाको अपरेसनपश्चात बल्ल मंगलसूत्र हात लाग्यो। अपरेसनमा ६५ टाँका लगाइएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
