नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहेकोे छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहेकोे छ। तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
एक हप्तादेखि सुनकाे मूल्य लगातार ओरालाे लाग्दै आएकाे छ। आइतबार मात्रै तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै गएकाे शुक्रबार ताेलामा ८ सय रुपैयाँ, बिहीबार १४ सय रुपैयाँ र बुधबार ८ सय रुपैयाँका दरले घटेकाे थियाे। गएकाे मंगलबार पनि सुनकाे भाउ ४ सय रुपैयाँले घटेकाे थियाे।
त्यसैगरी, चाँदीकाे भाउ पनि घटिरहेकाे छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
