सार्वजनिक यातायातमा चढ्न मान्छेहरू डराउन थालेका छन्। उडुसको संक्रमण हुने डरले यात्रुहरू सिटमा नबसेर उभिएरै यात्रा गर्न थालेका छन्।
फ्रान्सको राजधानी पेरिसमा उडुसको संक्रमण बढ्दै गएको छ। पछिल्ला केही वर्षमा फ्रान्समा उडुसको बिगबिगी बढेसँगै यसलाई ठूलो स्वास्थ्य चुनौतीको रुपमा लिइएको छ।
घरका ओछ्यानमा देखिने उडुस अहिले बस, सिनेमा हल तथा रेलमा पनि फैलिएका छन्। सार्वजनिक यातायातमा चढ्न मान्छेहरू डराउन थालेका छन्। यात्रुहरु उडुसको संक्रमण हुने डरले सिटमा नबसेर उभिएरै यात्रा गर्न थालेका छन्। त्यतिमात्र होइन सिनेमा हलमा पुग्नेहरुको संख्या पनि क्रमिक रुपमा घट्दै गइरहेको छ। डेलिमेलले फ्रान्स अहिले किराहरूको आक्रमणसँग जुधिरहेको जनाएको छ। डेलि मेलले टिकटकमा एउटा भिडियो सेयर गरेको छ, जसमा पेरिसका सार्वजनिक बसका सिटमा उडुसहरु सलबलाइरहेका छन्। यात्रुका कपडामा टाँसिएका छन्।
@dailymail Bed bugs seen crawling over seats on Paris trains and buses as France battles 'invasion' of the insects. #fyp #france #bedbugs #paris #insects #gross ♬ original sound - Daily Mail
यहीबीच त्यहाँका यातायातमन्त्री क्लिमेन्ट ब्युनले समस्या समाधान तथा यात्रुहरुको सुविधाको लागि एक हप्ताभित्र जानकारी गराउने बताएका छन्। यस्तै पेरिसका पहिला उपमेयर इमानुल ग्रिगोरीले उडुसको बिगबिगीलाई प्रकोप नै बताएका छन। उनले सिटी हलको तर्फबाट प्रधानमन्त्री एलिजाबेथ बोर्नलाई विपत्तिमा काम गर्न आह्वान गर्दै पत्र लेखेका छन्।
"उडुसको प्रकोप सार्वजनिक स्वास्थ्य समस्या बनेको छ, यसको समाधान गरिनुपर्छ," उनले भनेका छन्, "सम्पूर्ण फ्रान्सले सन् २०२४ मा ओलम्पिक र पाराओलम्पिक खेलकुद आयोजना गर्ने तयारी गरिरहेकोले यस विपत्तिसँग उपयुक्त कार्ययोजना बनाउन राज्यले तत्काल सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउनुपर्छ।"
उनले उडुसविरुद्धको उपचारलाई घरबिमामा समावेश गरिनुपर्ने पनि बताएका छन्। ऊर्जा संक्रमण मन्त्रालयले आफ्नो वेबसाइटमा अन्तर्राष्ट्रिय यात्रा र कीटनाशकहरूको प्रतिरोधका कारण बेड बगहरू बढ्दै गएको बताएको छ। त्यहाँको स्वास्थ्य एजेन्सी एन्सेसले २०१७ देखि २०२२ सम्म गरेको अध्ययनले प्रत्येक १० प्रत्येक दश घरमध्ये एक घरमा उडुस परेको देखाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
