‘पेमेन्ट गेटवे’ प्रकरणमा बहालवाला सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ।
काठमाडाैँ– पेमेन्ट गेटवे प्रकरणमा बहालवाला सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवं राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि अभियोग दायर भएको छ।
उनीहरूमाथि ६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे (एनपीजी) अहिलेसम्म प्रयोगमा नल्याएको र पूर्वाधार नै तयार नगरी २३ करोड २७ लाख ५८ हजार ७७ मा ‘नेशनल पेमेन्ट गेटवे’ खरिद गरेको आराेप छ। आयाेगका प्रवक्ता भाेला दाहालले साेमबार जारी गरेकाे विज्ञप्तिमा खरिद शीर्षकमा एलएमबीआईएस बजेट प्रविष्टिका नियमित चरणहरूमा पर्ने कुनै पनि कार्य नगरी तथा सो सम्बन्धी तयारीको आवश्यक कागजातसमेत समावेश नगराई आफू मातहत तथा माथिल्लो निकायलाई जानकारी नदिएकाे उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
