यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासका लागि प्रयोग भएको प्रविधि अनुसन्धानमा संलग्न दुई वैज्ञानिकलाई प्रदान गरिएको छ। नोबेल पुरस्कार समितिले अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वाइसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
कोरोना भाइरसविरुद्धको एमआरएनए खोप बनाउन प्रविधिको विकास गरेबापत उनीहरूलाई नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको हो। नोबेल पुरस्कार समितिले पुरस्कार विजेताले आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतराका रूपमा रहेको भाइरसविरुद्ध खोप विकासमा अभूतपूर्व योगदान पुर्याएको जनाएको छ। कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको पनि समितिले जनाएको छ।
यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि कोरोनाको प्रकोप शुरू हुनु अघिदेखि नै अनुसन्धान गरिरहेका थिए। फाइजर, मोडेर्नाका खोप एमआरएनए प्रविधिमा आधारित छन्। अहिले एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासका सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ।
सन् १९९० को दशकको शुरूतिर प्राध्यापक कारिको र प्रोफेसर वाइसमानको अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयमा काम गर्ने क्रममा भेट भएको थियो। कारिको अहिले हंगेरीको सेगेड विश्वविद्यालयमा प्राध्यापक छिन् भने ड्रु वाइसमान युनिभर्सिटी अफ पेन्सिलभेनियामा प्राध्यापकका रूपमा कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
