स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने बताएका छन्।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरू पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे।
“दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन्। मैले कसैको कुरा नसुनेर गाउँमा पठाइदिएको छु । यो इतिहासमै पहिलो पटक हो नेपालमा। दरबन्दी एक चौथाइ मात्रै छ। चाँडोभन्दा चाँडो दरबन्दी बढाउने कुरामा लागिरहेको छु। पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भने पनि गर्ने हो। संविधानमा लेखिए जस्तै हामीले काम गर्नुपर्छ,” उनले भने।
उनले गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे उपचार गरिदिने बताए। अहिंसात्मक माध्यम र तौर तरिका अपनाउन नसके समाजमा राम्रो नहुने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
