एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।
काठमाडौँ– नेकपा एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्। एमाले कर्णाली अध्यक्ष पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
सोमबार साँझ सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीलाई १६२ मत अन्तरले पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन्। शाहले ३६९ मत पाए। उनका निकटतम प्रतिस्पर्धी शाहीले २०७ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाए।
त्यस्तै, उपाध्यक्षमा टेकराज पछाई विजयी भए। उनले २४२ मत प्राप्त गरे। उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका लालबहादुर महताराले १७६ प्राप्त गरे भने दानसिंह परियारले ५९ मत पाए।
त्यस्तै, सचिवमा ध्रुवकुमार शाही ४०६ मत ल्याई विजयी भए। उनका प्रतिस्पर्धी रुद्धबहादुर शाहीले १६९ मत प्राप्त गरे। उपसचिवमा रमेशकुमार शाही र रवीन्दराज शर्मा विजयी भए। शर्मा ३०० मत ल्याए विजयी हुँदा शाहीले २६६ मत ल्याए। सचिव पदमै प्रतिस्पर्धा गरेका पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याए।
मतदानका क्रममा ६०४ मत खसेको थियो। जसमध्ये २४ मत बदर भएको थियो भने ५८० मत सदर भएको निर्वाचन समितिले जनाएको छ।
प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए। तर, नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
