काठमाडौँको कन्टेक प्रालिले २०७८ पुसमा सुकेटारबाट काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का लिएको थियो। निर्माण समय सकिन आठ महिना बाँकी हुँदा उसले ११ प्रतिशत मात्रै काम गरेको छ।
फुङ्लिङ– ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटार–काफ्लेपाटी खण्ड कालोपत्र गर्ने ठेक्का लागेको दुई वर्ष बितिसकेको छ। बर्सेनि तीन लाख तीर्थयात्री आवतजावत हुने सडकको प्रगति भने निराशाजनक छ। ठेकेदारको लापरबाहीका कारण तीर्थयात्रीले सास्ती बेहोरिरहेका छन्।
सडकमा निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागेर बेवारिसेजस्तै देख्न सकिन्छ। कालोपत्र हुने सडको स्तरोन्नति खासै भएको देखिँदैन। ठेक्का अवधि सकिन आठ महिना बाँकी छ, तर प्रगति भने ११ प्रतिशतमात्र भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाका सबइन्जिनीयर यहोसु लिम्बूले बताए।
काठमाडौँको कन्टेक प्रालिले २०७८ पुस ११ मा सुकेटारबाट काफ्लेपाटीसम्म १० किलोमिटर कालोपत्र गर्ने ठेक्का लिएको थियो। ९५ करोड रुपैयाँको ठेक्का कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार रुपैयाँमा पारेको थियो। २०८१ जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ। सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्ने लिम्बूको भनाइ छ।
कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको उनले बताए।
ठेकोदारले काम नगर्दा पाथीभरा जाने सडक कालोपत्र नहुने स्थितिमा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। आइतबार सांसद योगेश भट्टराईसहितका सरोकारवालाले सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई यसबारे जानकारी गराएका थिए।
सडक निर्माणको प्रगति निराशाजनक भएकाले ठेक्का सम्झौता मितिसम्ममा के–कसरी निर्माण सम्पन्न गर्न सकिन्छ सोको कार्य तालिकासहित सात दिनभित्र सडक विभागमा प्रतिवेदन बुझाउन निर्माण कम्पनीलाई विभागले निर्देशन दिएको छ। तीन महिनाभित्र उल्लेख्य कामको प्रगति नभएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने विभागले जनाएको छ।
सडक कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ढुंगा, गिट्टी र बालुवाको समस्या भएकाले कामले गति लिन नसकेको निर्माण कम्पनीका इन्जिनियर मदन कत्यादले बताए।
ताप्लेजुङ फुङ्लिङबाट सुकेटार विमानस्थलसम्म आठ किलोमिटर भने पहिले नै कालोपत्र भएको छ। पाथीभरा जाने सडक कालोपत्र भएपछि पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढ्ने अपेक्षा छ। अहिले वार्षिक तीन लाख हाराहारीमा तीर्थयात्रीले पाथीभरामा दर्शन गर्ने गरेका छन्।
सुकेटारबाट काफ्लेपाटीसम्म सडक कालोपत्र भए करिब ३५ प्रतिशत तीर्थयात्री बढ्ने अपेक्षा रहेको समितिका कार्यकारी निर्देशक काफ्लेले बताए। तीर्थयात्री आफैँले लिएर आएको साना गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारबाट स्थानीय गाडीमा जानुपर्ने अवस्था रहेकाले सास्ती खेप्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
