मिटर ब्याजीविरुद्ध अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको पनि पाइएको छ।
वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ३८८ उजुरी फर्छ्यौट गरेको छ।
अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ३८८ उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।
सहमति नभएपछि दुई वटाको भने मुद्दा दर्ता भएको उनले बताए। दर्ता भएका उजुरीमध्ये ३९० वटाको छानबिन भएको हो। उनका अनुसार छानबिनपश्चात् ७८ कित्ताको १५ बिघा पाँच कठ्ठा ११ धुर जग्गा र दुवै पक्षको सहमतिमा सात करोड नौ लाख ३० हजार ७४ फिर्ता गराइएको छ।
मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, तेब्बर बढीको बैंक चेक धितो राख्ने प्रवृत्ति रहेको पाइएको छ।
यस्तै, छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।
“उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ,” प्रजिअ रेग्मीले भने, “त्यहीअनुसार हामीले सहमतिका लागि छलफल गराउँछौँ।” धेरैजसोमा उजुरी सहमतिबाट नै फर्छ्यौट भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
