मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
काठमाडौँ– बाँकेको नेपालगन्जमा नेपालगन्जमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ।
मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा भेला हुन, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ।
केही दिनदेखि नेपालगन्जमा धार्मिक तनाव देखिएको थियो। फेसबुकमा आफ्नो समुदायलक्षित टिप्पणी लेखिएको भन्दै मुस्लिम समुदायका केही युवा सोमबार र्याली निकालेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए। त्यसले तनाव बढाउने स्थिति भएपछि मंगलबार बिहान नेपालगन्जमा सर्वपक्षीय सद्भाव र्याली निकालिएको थियो। लगत्तै ‘ओमकार नेपाल हिन्दु समाज’ नामको समूहले र्याली र प्रदर्शन गरेपछि तनाव बढेको थियो।
त्यसक्रममा नगर क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी आदेशमा उल्लेख छ।
धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी प्रशासनले अनुरोध गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
