सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार बन्यो: ओली

ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति पनि प्रश्न उठाएका छन्।

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको गठबन्धनले विकासका काम ठप्प परेको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा ओलीले सरकार स्वेच्छाचारी, विकासविरोधी कार्य गरिरहेको आरोप लगाएका हुन्। काम शुरू भइसकेका आयोजनालाई भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताउनु उनको भनाइ छ। 

“नेपाली कांग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् तपाईं हामी सबैलाई थाहा छ। भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो,” ओलीले भने, “सरकार नै चरम अनुत्तरदायी, गैरजिम्मेवार विकास विरोधी भयो।”

सरकारले विकासका कामलाई ठप्प पारेको ओलीको भनाइ छ। “चलिरहेका आयोजना रोकिएका छन्। काम शुरू गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन,” उनले भने, “भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ। उनीहरूले ऋण तिर्न सकेका छैनन्।” 

यस्तै, ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति पनि प्रश्न उठाएका छन्।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको माफीको सम्बन्धमा प्रश्न उठाएका हुन्।