अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर छलफल गरी समाधानका उपाय अगाडि बढाउनुपर्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलको भनाइ छ।
काठमाडौँ– नेकपा एमाले सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको बताएका छन्।
मंगलबार अर्थ समितिको बैठकमा उनले नागरिक पनि मुलुकको अर्थतन्त्रप्रति चिन्तित देखिएको भन्दै यस विषयमा खुल्ला छलफलको आवश्यकता औँल्याएका हुन्।
“अर्थतन्त्रको अवस्था चिन्ताजनक छ। टालटुल गरेर सम्हाल्न सकिँदैन,” उनले भने, “त्यसकारण अवस्था कस्तो छ र समाधानका लागि के प्रयास भइरहेका छन् भन्ने विषयमा जानकारी राख्ने अधिकार नागरिकलाई पनि छ। बैठकमा खुल्ला छलफल आवश्यक छ।”
बैठकमा अर्थमन्त्री उपस्थित नभएको भन्दै पौडेलले आपत्तिसमेत जनाएका छन्। “अर्थ मन्त्रीलाई समितिमा बोलाए पनि अझसम्म उपस्थिति भएको छैन। यो मिलेन,” उनले भने, “मन्त्रीको उपस्थितिमा हामी छलफल गर्न पाउँछौँ, सवालजवाफ गर्न पाउँछौँ। मन्त्री निरन्तर दोस्रो पटक उपस्थिति हुनु भएको छैन। यो उचित भएन।”
अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर छलफल गरी समाधानका उपाय अगाडि बढाउन आवश्यक रहेको पौडेलको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
