रास्वपा सांसद असीम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झूटो आश्वासनमा झुलाएको भन्दै असन्तुष्टि जनाएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झूटो आश्वासनमा झुलाएको भन्दै असन्तुष्टि जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले क्रिकेट खेलाडीले खेल जित्दै जाँदा सरकारले भने उधारो पुरस्कार घोषणा गर्दै बसेको भन्दै आक्रोश पोखेका हुन्। “आज पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई दिन त सरकारको बिर्सेन होला तर, पुरस्कार दिनचाहिँ बिर्सेको छ,” उनले भने।
उनले सरकारको बिर्सेको कुरा पटक–पटक सदनमा उठाउँदा आफूलाई लाज लागेको बताए। सरकारले पुरस्कार घोषणा गर्दै जाँदा खेलाडी नपाएको पुरस्कार रकम १७ लाख भइसकेको उल्लेख गरे।
“क्रिकेट खेलाडीले लिग जित्दै गए सरकारले उदारो पुरस्कार घोषणा गर्दै गयो। खेलाडीले पाउनुपर्ने रकम १७ लाख जम्मा भइसकेको छ। तपाईंहरू खेल खेल्न जानुस् फर्किँदा पैसा आउँछ भनेर प्रधानमन्त्रीले भन्नुभयो। भुक्तानीको कुरा छैन,” उनले भने, “तर, दलाल, बिचौलिया, ठेकेदार कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला। तर, खेलाडीलाई झूटो आश्वासनमा झुलाइएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
