बझाङमा ६.३ म्याग्निच्युडको भूकम्पः घरहरू भत्किए, राजमार्ग अवरुद्ध

म‌गलबार दिउँसाे आधा घण्टाकाे अन्तरमा बझाङमा गएका दुईवटा भूकम्पले त्यहाँका केही भाैतिक संरचनामा क्षति पुर्‍याएकाे छ

चैनपुरमा भूकम्पले भत्किएकाे टहरा/तस्वीर: रूपक खड्का

काठमाडौँ– म‌ंगलबार दिउँसाे आधा घण्टाकाे अन्तरालमा बझाङमा गएका दुईवटा भूकम्पले त्यहाँका केही भाैतिक संरचनामा क्षति पुर्‍याएकाे छ।

दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ र २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पले बझाङका धेरै स्थानमा घरहरू भत्किएको र विद्यालयमा क्षति पुर्‍याएकाे सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जाेशीले बताइन्।

"घरहरू भत्किए भनेर विभिन्न ठाउँबाट फाेन आइरहेका छन्, राजमार्ग लगायत बाटाेघाटाे पनि अवरुद्ध बनेका छन् भन्ने सुनिएकाे छ," उनले भनिन,"अहिलेसम्म मानवीय क्षतिकाे विवरण आएकाे छैन, क्षतिकाे विवरण आउने क्रममै छ।"