सांसद जनार्दन शर्माले सार्वभौम संसद्मा सबै सांसदहरूले आफ्नो धारणा राख्न पाउने भएकाले बोल्न दिने समयमा विभेद गर्न नहुने बताए।
काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरूलाई बोल्न दिने समयमा विभेद गरेको आरोप लगाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उनले संसद्मा सांसदहरूलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताएका हुन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सांसदहरूले बोल्ने बेलामा माइक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए। उनले सार्वभौम संसद्मा सबै सांसदहरूले आफ्नो धारणा राख्न पाउने भएकाले बोल्न दिने समयमा विभेद गर्न नहुने बताए।
“सभामुख महोदय सार्वभौम संसद्को म यदि सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ। मैले पनि धेरै कुरा भन्नु छ। त्यसकारण मेरो माइक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु। किन भने मैले पनि धेरै कुराहरू दिनु छ यहाँ। मैले पनि भन्न पाउनु पर्छ। मजस्ता धेरै माननीयज्यूहरूले भन्न पाउनु पर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु। र, यहाँ विभेद हुनुहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु,” उनले भने।
उपमहासचिव शर्माले मुलुकमा जातीय/धार्मिक द्वन्द्व फैल्याउने काम भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि गम्भीर कदम चाल्न सरकारलाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
