बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परी तीन जना घाइते भएका छन्।
काठमाडौँ– बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको दुई ठूला भूकम्पमा परी तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङले अहिलेसम्म तीन जना घाइते भएको र एक जना बेपत्ता भएको सूचना प्राप्त भएको जानकारी दिएको छ। पहिरोमा परी एक जना बेपत्ता भएको सूचना प्राप्त भएको र यसबारे थप बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ।
जयपृथ्वी नगरपालिकामा रहेको जाल्पा माविका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।
उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
साथै, भोपुरको सत्यवादी माविमा अध्ययनरत दुई विद्यार्थी पनि घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पका कारण दर्जनौँ घरमा क्षति पुगेको छ। अवरुद्ध भएको बाटो खुलाउने र परकम्प गइरहेकाले स्थानीयलाई सचेत गराउने काम भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।
सुदूरपश्चिम प्रदेशका जिल्लाका साथै भारतका विभिन्न क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
