सांसदहरूले चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदहरूले चाडपर्वको मुखमा महँगी अचाक्ली बढेको भन्दै महँगी नियन्त्रण गर्न र बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले महँगी नियन्त्रण गर्नका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे।
“बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य अञ्जनी श्रेष्ठले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्। “महँगी, भ्रष्टाचार र बिचौलियाको चलखेलले दैनिकी चुल्हो, चौका चल्न मुस्किल भइसक्यो। यो सरकार कहाँ छ? दशैँतिहार नजिकिँदै छ। महँगीलाई कसरी नियन्त्रण गर्ने भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु,” उनले भनिन्।
प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले महँगीको नियन्त्रण गर्दै राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गरे। उनले जनता कालोबजारीबाट रन्थनिनुपरेको अवस्था रहेको बताए। “कालोबजारीले रन्थनिएको अवस्था छ। पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ। महँगी आकासिएको छ। चाडबाडको बेलामा यस्तो स्थिति छ सरकार के हेरेर बसेको छ? गम्भीरतापूर्वक राहत कार्यक्रम ल्याओस्,” उनले भने।
प्रतिनिधिसभा सदस्य आश्माकुमारी चौधरीले चाडबाडमा जनतालाई सुविधा हुने गरी सहुलियत प्रदान गर्न माग गरिन्। “पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायत मूल्यवृद्धि गरेर फिर्ता लिएको छ। तर महँगी नियन्त्रण छैन। चाडबाडमा जनतालाई सुविधा हुने गरी यथाशीघ्र सहुलियत प्रदान गर्न र बजार अनुगमन गरी महँगी नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछु,” उनले भनिन्।
प्रतिनिधिसभा सदस्य उदय शमशेर जबराले पनि यथाशीघ्र बजार अनुगमन गर्न सरकारसँग माग गरे। प्रतिनिधिसभा सदस्य उर्मिला माझीले मूल्यवृद्धिको आतंक कम गर्न सरकारलाई आग्रह गरिन्। प्रतिनिधिसभा सदस्य असीम साहले सरकारले खेलाडीलाई पुरस्कार दिने घोषणा गरेर पनि नदिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतले पेसाकर्मीलाई सरकारले शान्ति, सुरक्षा दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले सिंहदरबारस्थित नेपालको पहिलो संसद् भवन जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माण गराउन सरकारको ध्यानाकर्षण गराए। उनले नयाँ संसद् भवनमा संसद् बैठक कहिले बस्छ भनेर प्रश्नसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
