मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले फागुन १ गतेको बिदा फिर्ता नलिए त्यसविरुद्ध आफूहरूले कदम चाल्ने चेतावनी दिएका थिए।
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्थाअनुसार नै गरेको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध शुरू गरेको सो दिनलाई सरकारले सार्वजनिक बिदा दिएर संविधानको उल्लंघन गरेको बताएपछि त्यसको जवाफमा यस्तो बताएका हुन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता नलिए त्यसविरुद्ध आफूहरूले कदम चाल्ने चेतावनी दिएका थिए।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री बस्नेतले संविधानको प्रस्तावनामा नै शहीद, बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्ने कुरा उल्लेख गरिएकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयलाई संविधानविपरीत भन्नु तर्कसंगत नहुने जिकिर गरे। उनले संविधानको भावना र अक्षरहरूलाई सम्मान नगर्ने हो भने मुलुक दुर्घटनामा फस्न सक्ने चेतावनी दिए।
“फागुन १ गते सरकारले बिदा घोषणा गरेको सन्दर्भमा चर्चा भइराख्दा अलिकति मैले त्योबारे सोचेँ। हाम्रो संविधानको प्रस्तावनाको दोस्रो प्यारामा प्रष्ट रूपमा लेखिएको रहेछ– त्यो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शहीद बेपत्ता एवं पीडित नागरिकहरूलाई सम्मान गर्दै भन्ने कुरा हाम्रो संविधानको प्रस्तावनामा लेखिएको छ। तर अब त्यसको सम्मान किन गरिएको, स्मरण किन गरिएको? यसो भयो भने संवैधानिक दुर्घटना हुन्छ, संविधानको यो खिलाफमा हुन्छ भन्ने कुरा त्यति तर्कसंगतजस्तो लाग्दैन,” उनले भने।
मन्त्री बस्नेतले संविधानको सम्मान र भावनाको कदर गर्न सके मात्र संविधानको रक्षा हुने तर्क गरे। सरकारले संविधानअनुकूल हुने गरी कानून निर्माणको कामलाई तीव्रता दिएको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
