शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
काठमाडौँ– शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक स्वीकृत गरेको हो। योसँगै विधेयक संसद्मा दर्ता गर्ने कानूनी बाटो खुला भएको विश्वविद्यालय स्थापनका लागि क्रियाशील अभियन्ता अभयराज जोशीले जानकारी दिए।
“हामीले लामो समयदेखि गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्छ भनेर आवाज उठाइरहेका थियौँ। अब मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरेपछि सहज भएको छ,” उनले भने, “बजेटमा यसअघि उल्लेख नभए पनि विधेयककै रूपमा अघि बढाउने भएपछि त्यसले विश्वविद्यालय स्थापना हुनेमा केही आशा गर्न सकिन्छ।”
सुदूरपश्चिमका सांसद, राजनीतिक दललगायतले लामो समयदेखि यसको माग गर्दै आएका थिए। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का पूर्वसांसद डा. दीपकप्रकाश भट्टले यसका लागि लामो समयदेखि पहल गर्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
