‘भेप’मा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ।
काठमाडौँ– विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ। दोस्रो चरणमा यो प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरासँग सोधपुछ गरेको हो।
सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर यसअघि नै यो प्रकरणको दोस्रो चरणमा अनुसन्धान जारी राखेको छ। सीआईबीका एक अधिकृतले महरासँग सोधपुछ गरिएको पुष्टि गरे। “कार्यालयमा बोलाएर उहाँसँग सुन प्रकरणबारे सोधपुछ गरिएको हो,” ती अधिकृतले भने।
२०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो। यो प्रकरणको पहिलो चरणमा सीआईबीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो। मंगलबार सीआईबीले महरासँग ‘बयान कागज’ गराएको हो।
सुन बरामद भएपछि महरासहित उनका छोरा राहुल लगायतले भन्सार कार्यालयसँग यस विषयमा पटक–पटक जानकारी लिएको सीआईबीको अनुसन्धानले देखाएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा पनि मुख्य योजनाकारसँग महरा, उनका छोरा लगायतको ‘कनेक्सन’को चार्ट तयार पारेको थियो। तर, उनीहरूविरुद्ध मुद्दा भने दायर भएको थिएन।
यो पनि – ‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
