बुधबार कहाँ–कहाँ हुँदैछ वर्षा?

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ।

साथै भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कार‌ण देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश र बागमतीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशीका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।