भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
चैनपुर– बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। जयपृथ्वी–११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीका अनुसार भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो।
यस्तै, भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन्। नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा जयपृथ्वी–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम रहेका छन्।
यसैगरी, मस्टा–३ की १५ वर्षीया आँसु रोकाया, मस्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी–१० की २० वर्षीया रमा परियार पनि भूकम्पमा परेर घाइते भएका छन्।
प्रहरीका अनुसार भूकम्पबाट बझाङमा १३५ संरचनामा क्षति पुगेको छ। थलारामा मात्रै ६० घर भत्किएका छन्। केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुंगलमा चार घर पूर्ण रूपमा क्षति भएका छन्। जयपृथ्वीमा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
