घटनापछि स्थानीयले पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहट चन्द्रपुर–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।
काठमाडौँ– धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको छ।
ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिएको थियो।
मृतक दुवै जना बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए। परेवाटारबाट ट्युसन पढ्न शिक्षककोमा जाने क्रममा उनीहरूलाई ट्रकले ठक्कर दिएको हो।
घटनापछि स्थानीयले पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्।
ट्रक चालक रौतहट चन्द्रपुर–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
