राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि बुधबार बिहानसम्म चार म्याग्निच्युडभन्दा माथिका ११ भूकम्प गइसकेको बताए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङको सदरमुकाम चैनपुर भएर ६.३ म्याग्निच्युड, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड, ४ः३१ बजे सुवेडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर ५ म्याग्निच्युड र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको सो केन्द्रले जनाएको छ। यसैगरी गएराति १२ः१६ बजे दामेना केन्द्रविन्दु भएर ४.१, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर ४.3 र बुधबार बिहान ५ः४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्। “विगत ५०० वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,” उनले भने।
यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो। उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
