अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।
काठमाडाैँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस विनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन्।
मेची–महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका नेपालले बुधबार आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका उनले अहिलेको संरचना र शक्तिसन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताए। उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गरे। उनले सरकारले केही राम्रा काम गर्न खोजे पनि पर्याप्त नभएको भन्दै यो सरकार अघि बढाउने पक्षमा आफूहरू रहेको उल्लेख गरे।
"अरु कुनै सरकारको, अरु कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन। अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ। तर त्यो पर्याप्त भएन। त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ। उहाँलाई दबाब पनि दिनुपर्छ," उनले भने, "को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, अहिले भएको सरकारलाई अघि बढाउने हो। नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ। हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौँ। कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ, कांग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन। अहिलेको संरचना जुन छ, शक्तिसन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ। हाम्रो पार्टीले त झन् छोड्ने कुरै आउँदैन।"
अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
