बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटघाटमा द्विपक्षीय चासोका विविध विषयमा छलफल भएको छ।
काठमाडाैँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अस्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटघाटमा द्विपक्षीय चासोका विविध विषयमा छलफल भएको जनाइएको छ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताए। नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अस्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै उनले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएकाले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गनुपर्नेमा जोड दिँदै दुवै देशको संसद्मा मैत्री समुहहरूले दुई देशका संसद्हरूबीचको सम्बन्धलाई थप गतिशील बनाउने अपेक्षा गरेको बताए। अस्ट्रेलियाले नेपालको समाजिक–आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अस्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि व्यक्त गरे।
"सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकता रहेकाले त्यस पनि अस्ट्रेलिया सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास लिएको छु", उनले भने, "अस्ट्रेलियाले स्वास्थ्य, शिक्षा, स्थानीय सरकारको क्षमता विस्तार आदि क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्न चाहन्छु, साथै कृषि र वन क्षेत्रमा थप सहयोग र सहकार्यको अपेक्षा गर्दछु।"
अध्यक्ष तिमिल्सिनाले अस्ट्रेलियामा ६० हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र एक लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक रहेको बताए।
भेटमा अस्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेशसभाका सभामुख र उपसभामुख अस्ट्रेलियामा संघीयताको अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे। उनले अस्ट्रेलियाले संघीयता कार्यन्वयनका क्रममा हाँसिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुनेछ भन्ने विश्वास व्यक्त गरे। सभामुख डिकले नेपालसँगको सुमधुर सम्बन्धलाई अझै उचाईमा पुग्ने विश्वास व्यक्त गर्दै संसदीय अनुभव आदनप्रदानबाट नेपालको संघीयतालाई मजबुद बनाउन सहयोग पुग्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
