नेप्से परिसूचकमा सुधार

बुधबार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक १.५२ र जलविद्युत् समूहको उपसूचक १.३७ प्रतिशतले बढेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ९.२४ अंकले बढेर १ हजार ९६७.९७ को विन्दुमा कायम भएको हो।

बुधबार २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बैंकिङ समूहको उपसूचक सामान्य अंकले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक १.५२ र जलविद्युत् समूहको उपसूचक १.३७ प्रतिशतले बढेको छ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.६१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको ६ करोड ९३ लाख ६३ हजार १२२ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै नबिल ब्यालेन्स फन्ड–२ को तीन लाख १५ हजार चार सय २२ कित्ता शेयर किनबेच भएको छ।