साथै शान्ति सुरक्षाको वर्तमान अवस्थालाई सामान्य अवस्थामा ल्याउँदै नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्युलाई घटाउँदै लैजाने निर्णय भएको छ।
काठमाडौँ– बाँकेकाे सदरमुकाम नेपालगन्जमा सामाजिक सद्भाव बिथाेल्ने गतिविधि बढ्दै गएपछि बसेको सर्वपक्षीय बैठकले त्यस्ता गतिविधि गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।
बुधबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य कुनै पनि माध्यमबाट सामाजिक सद्भाव बिथोल्ने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता कानूनविपरीत कार्य गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो। यस्तै, शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरूपमा सामान्य अवस्थामा ल्याउने र नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्युलाई घटाउँदै लैजाने निर्णय भएको छ।
नेपालगन्जमा सामाजिक सद्भाव कायम राखिराख्न प्रतिबद्धता जनाउँदै सद्भाव र्याली निकाल्ने निर्णय पनि भएको छ। नेपालगन्जमा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न भएको तनावका कारण गएको मंगलबारदेखि कर्फ्यु लगाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
