बिहीबार बिहानका लागि बोलाइएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएको छ।
काठमाडौँ– मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्काे बैठक बोलाएका छन्।
बिहीबार बिहानका लागि प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जानकारी दिएको छ। बैठकमा भूकम्पबाट भएको क्षति बेहोरेका प्रभावित परिवारका विषयमा विशेष सम्बोधन हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले बताए।
बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
