चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

काठमाडौँ– नेपालमा भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

जसले गर्दा कोशी र मधेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।