राङ्पो र आसपासका क्षेत्रका छ हजारभन्दा बढी बाढी प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको सिक्किम सरकारले जनाएको छ।
सिक्किममा भारी वर्षापछि टिस्टा नदीमा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। २३ सेनाका जवानसहित अन्य १२० जना बेपत्ता भएका छन्।
राङ्पो र आसपासका क्षेत्रका छ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको सिक्किम सरकारले जनाएको छ।
“मंगन जिल्लास्थित लोनाक तालको केही भागमा आएको ग्लेशियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) ले टिस्टा नदी बेसिनमा धेरै उच्च गतिमा पानीको सतह बढेको छ। यसले मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लामा ठूलो जनधनको क्षति गरेको छ,” सिक्किम सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाढीले चुंथाङको टिस्टा–३ बाँध पनि बगाएको छ। कम्तीमा छवटा मोटरेबल पुल बगेका छन् भने राष्ट्रिय राजमार्ग पनि क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस्तै, माझीटारको सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी तथा सिङटाम र राङपोबीचमा रहेको बारदाङको एडभान्स टेक्निकल ट्रेनिङ सेन्टरमा पनि अचानक बाढी पसेर पहिलो तला जलमग्न भएको समाचारमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
