जितिया पर्वमा व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्।
जलेश्वर– सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व शुरू भएको छ।
नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रमा मनाइने जितिया पर्व बिहीबार नहा खा (नुहाएर खानु) विधि गर्दै शुरू भएको हो। व्रत बस्नुअघि नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवंगत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने चलन छ।
त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रत सम्पन्न गर्नुपर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए।
यस पर्वमा व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्। पाकाले कथा भन्ने र तन्नेरीले सुन्ने चलन छ।
व्रतको अघिल्लो दिनमा नै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ। देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ। पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। यसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ।
जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झा जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्त्व रहेको बताउँछन्। यस पर्वमा महिला आफैँले दिवंगत पितृलाई पिण्ड चढाउँछन्। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
