विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानको ‘टिकास उपकरण’मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो।
काठमाडौँ– काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको विमान बीचबाटै काठमाडौँ फर्किएको छ।
बुधबार राति १२: १४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको आरए ४१२ विमान बिहान ४: ५१ मा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त विमानको ‘टिकास उपकरण’मा समस्या देखिएकाले काठमाडौँ फर्काइएको हो। पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि चालकले काठमाडौँ फर्काएका हुन्।
उडानको क्रममा अन्य विमान नजिक आएमा संकेत गर्ने उपकरणलाई टिकास भनिन्छ। “टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुन सक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ,” महाप्रबन्धक तिवारीले भने, “अहिले उक्त प्रणालीको प्राविधिक जाँच भइरहेको छ।”
उक्त विमानका यात्रुलाई अर्को विमानको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
