नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको अनुमान छ। मुद्रास्फीति सन् २०२४ मा ७.५ र २०२५ मा ६.४ प्रतिशत रहने अनुमान छ।
काठमाडौँ– विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ।
विश्व बैंकले बिहीबार साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गरेको हो। यस वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण छ। नेपालले सन् २०२४ मा ३.९ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ।
यस वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो चालखाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रूपमा देखाएको छ।
नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको प्रक्षेपण छ। मुद्रास्फीति सन् २०२४ मा ७.५ प्रतिशत र सन् २०२५ मा ६.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। सन् २०२० मा कोभिड–१९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक भएको थियो। त्यसयताको सबैभन्दा खराब अवस्था नेपालले यस वर्ष भोगेको छ। नेपालको यस वर्षको आर्थिक वृद्धिदर पछिल्लो एक दशकयताको औसत आर्थिक वृद्धिदरभन्दा न्यून हो।
नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा संकुचन देखिएको विश्व बैंकले जनाएको छ। विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको पनि प्रतिवेदनमा उल्लेख छ।
कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ। त्यस्तै पशु चौपायामा देखिएको लम्पी स्कीन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा संकुचन आउनसक्ने अनुमान विश्व बैंकको छ।
सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जीडीपीको तुलनामा ३.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। त्यस्तै नेपालको जीडीपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्ने देखिएको छ।
केही दिन अघिमात्र एशियाली विकास बैंक (एडीबी)ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो।
एडीबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
