रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको अर्थमन्त्री प्रकाशशरण महतको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले देशभित्रै रोजगारी सिर्जना गर्ने विषयमा सरकारले आवश्यक प्रयास गरिरहेको दाबी गरेका छन्।
सीपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा उनले भने, “कसरी रोजगार सुनिश्चित गर्ने भन्ने किसिमबाट अहिलेको आवश्यकता, माग र प्रविधिहरूलाई मध्यनजर गर्दै योजना बनाउनुपर्ने हुन्छ। त्यसका लागि सरकारले काम गरिरहेको छ।”
रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको उनले बताए। उनले विदेशमा जाने युवालाई मध्यनजर गर्दै श्रम मन्त्रालयले छुट्टै प्राधिकरण गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको उल्लेख गरे।
“यो किसिमको रोजगारमूलक तालिमलाई यो महासंघ, सरकारी निकायमार्फत प्रायोजित गर्ने, यसमा नीतिगत रूपमा कहाँ कमीकमजोरी छ, त्यसलाई ध्यान दिनु हुनेछ भन्ने लागेको छ,” उनले भने, “विदेशमा जाने युवाहरूलाई मध्यनजर गरेर श्रम मन्त्रालयले पनि एउटा छुट्टै प्राधिकरण गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको अवस्था छ।”
अहिलेको माग र आवश्यकतालाई ख्याल गर्दै अघि बढ्न सबै पक्षले हातेमालो गर्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
