एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले चर्चामा रहेका जुनसुकै प्रकरणको छानबिन गरिए पनि सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरू एमालेसँग लड्न नसकेको बताएका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेशको शपथ ग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले मंगलबार संसद्मा बोलेको कुरालाई लिएर विपक्षीहरूको मन भतभती पोलिरहेको बताए।
उनले एमालेको विरोध गर्न गिरिबन्धु टी–स्टेटको नाम लिइएको उल्लेख गर्दै गिरिबन्धु टी–स्टेटको छानबिन गरेर देखाउन सत्तापक्षलाई चुनौती दिए। उनले अहिले चर्चामा रहेका जुनसुकै प्रकरणको छानबिन गरिए पनि सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे।
“के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल। गिरबन्धु टी–स्टेट, यति, औम्नी भन, ती सबै कुरा उनीहरूले गराएका छन्। कमिसनको चक्र उनीहरूले चलाएका छन्,” उनले भने।
उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको टिप्पणी गरे। “सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन। हामी देश बनाउने पार्टी हो,” उनले भने।
अध्यक्ष ओलीले ललितानिवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागि परे पनि सत्तापक्षकै नेताहरू परेपछि घटना सेलाएको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
