लिङ्देनले ज्ञानेन्द्रलाई 'राजा' भनेपछि माओवादी सांसदको आपत्ति, रेकर्डबाट हटाउन माग

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई 'राजा' भनेकोमा आपत्ति जनाएका छन्।

काठमाडौँ–  नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई 'राजा' भनेकोमा आपत्ति जनाएका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेपछि उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले 'राजा' भन्ने शब्द रेकर्डबाट हटाउन माग गरका हुन्।  

उनले भने, "नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो। त्यसैले यो राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु।"