राजकुमार दिक्पालको पुस्तक ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ बजारमा

लेखक दिक्पालको यो पाँचौँ कृति हो। यसअघि उनको एउटा कथा संग्रह र तीनवटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन्।

काठमाडौँ– केही समययतादेखि इतिहास अनुसन्धानमा रहेका लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक 'पृथ्वीनारायण शाहः आलोचनात्मक इतिहास' बजारमा आएको छ। मञ्जरी पब्लिकेसन्सले उक्त पुस्तकको प्रकाशन गरेको हाे।

लेखक दिक्पालको यो पाँचौँ कृति हो। यसअघि उनको एउटा कथा संग्रह र तीनवटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन्।

राजा पृथ्वीनारायण शाहका योगदान सम्बन्धी अनेकौँ पुस्तक र गाथाहरू प्रकाशित भइसकेका छन्। तर उनका कमजोरी र आलोचनात्मक ऐतिहासिक पक्षहरूलाई समेटेर लेखिएको यो पहिलो पुस्तक भएकाे प्रकाशकको दाबी छ।

“नेपाली इतिहासमा पृथ्वीनारायण शाहबारे धेरै पुस्तक लेखिए पनि उनका बारेमा नलेखिएका वा नअटाएका पक्षहरूलाई यो नयाँ पुस्तकमा समेट्न पाएकोमा गौरव गर्न पाएका छौँ ,” मञ्जरी प्रकाशनले उल्लेख गरेको छ।