सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने सांसद शर्माको भनाइ छ।
काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सरकारले कैयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन्। महामन्त्री शर्माले जघन्य अपराधमा संलग्नहरूलाई आममाफी दिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भने, “अपिल र आग्रह गर्न चाहन्छु–सरकारले कैयौँ निर्णयहरूमा जो कमजोरी गरिरहेको छ, यो विषयमा कमजोरी नगरोस्।”
उनले आन्दोलनरत शिक्षकहरूका सबै मागलाई पूरा हुने गरी विधेयक परिमार्जन गर्न सरकारलाई दबाब दिए। सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
“शिक्षक आन्दोलन जे भएको थियो र त्यसले प्रस्तुत गरेको एक/एक बुँदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरूले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाइराखेर यसलाई परिमार्जित गरेर ती सबैको भावनालाई सम्बोधन गर्ने गरी बनोस्। ताकि ५० वर्षपछि आएको यो विधेयकले अब २० वर्षका लागि उज्यालो छर्न सकोस्,” उनले भने।
सांसद शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
