कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।
काठमाडाैँ– नेपाल र युराेपेली देश रोमानियाबीच द्विपक्षीय श्रम सम्झाैता भएको छ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र राेमानियाका श्रम तथा सामाजिक एकता मन्त्री सिमोना बुकुरा–अप्रेस्कुबीच शुक्रबार राेमानियामा श्रम सम्झाैता पत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीकाे लागि नेपाली राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल र रोमानीया पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियाे।
उक्त द्विपक्षीय वार्तामा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम सम्झाैताका आवश्यकता र प्रभावका बारेमा जानकारी गराएका थिए। रोमानिया पक्षबाट नेपाली कामदारको हकहित, सुरक्षा कायम गर्ने प्रतिबद्वता व्यक्त गर्दै उल्लेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रूपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त गरेको छ। रोमानीया पक्षले महिला श्रमिकलाईसमेत लक्षित गरी नेपालबाट सीपयुक्त जनशक्ति लिने चाहना व्यक्त गरेकाे मन्त्रालयले जनाएकाे छ।
नेपालमा छिट्टै रोमानियाका लागि दूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने विषयमा पनि छलफल भएकाे छ।
नेपाल र रोमानीयाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। सन् १९६८ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापित भएकाे थियाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ। कामदारको सामाजिक सुरक्षाको हकमा रोमानीयमा कार्यरत रहेका कुनै पनि आप्रवासी कामदारहरूले रोमानीयाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने अधिकार छ।
सरकारले असोज २३ गते जर्मनीसँग पनि श्रम समझदारी गर्ने तयारी गरेकाे छ। गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र यससम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकेको थियो। बुधबार मन्त्री भण्डारी नेतृत्वको टोली रोमानिया प्रस्थान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
