महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको विरोधमा फेसबुक स्ट्याटस लेखेका स्थानीय बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरेर साइबर अपराधमा अनुसन्धान थालेको छ।
काठमाडौँ– सामाजिक सञ्जालमा मेयरको आलोचना गरेको आरोपमा महोत्तरीका एक स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको जलेश्वर नगरपालिका–३ का ४० वर्षीय बद्रीनाथ झालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेर हिरासतमा राखेको हो।
जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारविरुद्ध सामाजिक सञ्जालमा फेसबुकमा 'तथानाम लेखेको' आरोपमा उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले उकालोलाई जानकारी दिए। मेयर सोनारले झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएको साइबर अपराधसम्बन्धी जाहेरीको आधारमा उनलाई बिहीबार जनकपुरबाट पक्राउ गरिएको गिरीले बताए।
“जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेका छौँ,” डीएसपी गिरीले भने, “मेयरसाबले आफूलाई गरेको गाली बेइजती सहनुभएन र हामीकहाँ जाहेरी दिएपछि पक्राउ गरेका हौँ।” मेयर साहले झाविरुद्ध किटानी जाहेरी दिएका थिए।
झाले फेसबुकमा लेखेका छन्, “... सुरेश उर्फ सुरेसवा आफ्नो स्वार्थ पूर्तिका निमित्त जसलाई नि बलि दिन सक्छ। हेर्दा सरिफ देख्ने वास्तविक चरित्र चाहिँ ...भन्दा कम छैन। छोराचाहिँ यसको ठूलो ठेकेदार। तसँग भिड्न जुनबेला नि तयार छु।”
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले भने मेयर साह र स्थानीय झाको विवाद पुरानै भएको बताएका छन्। गएको स्थानीय निर्वाचनमा झाले साहलाई सघाए पनि अहिले खट्पट् भएर विवाद भएको उनी बताउँछन्।
“हामी कहाँ दुई हप्ता पहिले नै मेयरसा'बले जाहेरी लिएर आउनुभएको थियो। त्यतिबेला तपाईंहरू मिल्नुस् भनेका थियौँ,” उनी भन्छन्, “तर मेयरसा'बले आफूलाई गाली बेइज्जती गरेको कुरालाई सहन नसकिने भनेपछि हामीले विद्युतीय कारोबार कसुरमा समातेका हौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
