कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले विद्यालय शिक्षा हासिल गरेपछि विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयतिर नलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्ने गरेको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरे मात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताएका हुन्। उनले विद्यालय शिक्षा हासिल गरेपछि विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयतिर नलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्ने गरेको बताए।
सांसद थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको उल्लेख गरे। उनले बृहत् छलफल गरेर उल्टो विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताए। शिक्षण पेसालाई आकर्षक, मर्यादित पेसा बनाउनुपर्ने उनको भनाइ छ। उनले शिक्षकहरूको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताए।
“दुई महिना लागोस् पाँच महिना लागोस्, साथीहरूले जनतामा लैजानुपर्छ भन्नुभएको छ, समितिले पनि त्यो काम गर्न सक्छ। सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ। बृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउनुपर्नेछ। विद्यार्थीलाई केन्द्रमा राख्नुपर्नेछ। शिक्षण पेसालाई आकर्षक पेसा, मर्यादित पेसा, सबैभन्दा हाईएस्ट पेड बनाउनुपर्नेछ,” उनले भने।
उनले एक वर्ष लागे पनि संसद्ले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई मार्गदर्शन गर्नुपर्ने बताए। विद्यालय शिक्षा विधेयकलाई संघीयतासँग जोड्न जरुरी रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
