विवेकशील साझा पार्टीले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।
काठमाडौँ– विवेकशील साझा पार्टीका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर संवैधानिक निकायहरूको गरिमा बचाइराख्न ध्यानाकर्षण गराएको छ।
शुक्रबार पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा.सुशील साह सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेललाई भेटेर 'संघीय लोकतान्त्रिक गणतन्त्र संवर्द्धन अभियान'बारे जानकारी गराएको हो।
पार्टीका प्रवक्ता आशुतोष प्रधानका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धनका लागि यसका आधार स्तम्भहरू राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरूको गरिमा बचाइराख्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको हो।
“लोकतन्त्रको संस्थागत विकास र नागरिकको समृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरूको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरूलाई दलीयकरणवाट मुक्त गर्नुपर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराइएको थियो,” उनले जारी गरेको प्रेसनोटमा भनिएको छ।
प्रतिनिधिमण्डलले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको समृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेको प्रवक्ता प्रधानले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
