मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ। किनभने, एमाले बाहेक संसद्मा रहेका कुनै पनि दलले विश्वासको मत दिने निर्णय गरेका छैनन्।
काठमाडौँ– कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ।
कार्कीले आफूलाई विश्वासको मत दिन सबै राजनीतिक दललाई यसअघि नै पत्राचार गरिसकेका छन्। सर्वोच्च अदालतको परमादेशमा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
कार्कीले विश्वासको मत पाउने सम्भावना भने कम छ। एमाले बाहेकका कुनै पनि दलहरूले विश्वासको मत दिने निर्णय गरेका छैनन्। आफूहरूले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए।
यस्तै, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। वर्तमान सरकारलाई मत दिनसक्ने अवस्था नरहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।
उता राप्रपा पनि अहिले सरकार बाहिर छ। यसअघि, कार्की नेतृत्वको सरकारमा रहेको राप्रपाले विश्वासको मत प्राप्त नहुने अवस्था प्रस्ट भएसम्म कुनै पनि दललाई समर्थन नगर्ने जनाएको छ।
कोशी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका (उपसभामुखसहित) ४० सांसद छन्। कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
कार्कीले विश्वासको मत पाउन नसके अब संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठन हुनेछ। यो उपधाराअनुसार सदनमा बहुमत पुर्याउन सक्ने दलका कुनै एक सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न सक्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
