प्रधानमन्त्रीलाई शेखरको आग्रह– सच्चिनुस् कि बाटो खाली गर्नुस्

नेता कोइरालाले देश अप्ठ्यारो स्थितिमा रहेकाले तत्काल सच्चिन नसक्ने भए बाटो खाली गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

काठमाडौँ– कांग्रेस नेता डा. शेखर कोइरालाले सरकार सच्चिन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै तत्काल सच्चिन र सच्चिन नसके बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका हुन्।

देशको प्रधानमन्त्रीले, दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताए जातीय राज्य दिन्छु, जस्ता अराजक अभिव्यक्ति दिएको कोइरालाको भनाइ छ।

“देश अत्यन्त अप्ठ्यारो परिस्थितिमा छ। जताततै अराजकता छ। सम्हाल्ने कसले?,” “तर, प्रधानमन्त्री गैर जिम्मेवार अभिव्यक्ति दिएर हिँडिरहनुभएको छ। यो नेपालीका लागि दुर्भाग्य हो।”

कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने नेता कोइरालाको भनाइ छ।