हमासले गरेको अप्रत्याशित हमलापछि आईडीएफले जवाफी हमला गरेको छ। मुलुकका दक्षिण–मध्यक्षेत्र तथा गाजाका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।
हमास आतंककारीको रकेट हमला र घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ)ले युद्धका लागि तयार रहेको घोषणा गरेको छ।
दाइम्स अफ इजरायलका अनुसार गाजापट्टीबाट भएको हमलामा एक जनाको मृत्यु भएको छ। “इजरायललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्छ,” इजरायली सेनाले विज्ञप्तिमा भनेको छ, “इजरायली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट आतंककारीले घुसपैठ गरेका छन्।”
आईडीएफले मुलुकका दक्षिण–मध्य क्षेत्र तथा गाजाका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ। गाजापट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ। हमासले गरेको अप्रत्याशित हमालाको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो।
“यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेवारी बहन गर्नेछ,” आईडीएफले भनेको छ। प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकलाई बोलाउन अनुमति दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
