संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्मा सम्बोधन गर्नेबारे पनि छलफल भएको अध्यक्ष नेपालले बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
शनिबार भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए। समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आमसभा र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनको भनाइ छ।
“विभिन्न विषयमा कुराकानी गरेका छौँ। सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भयो,” अध्यक्ष नेपालले भने, “उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुट्टै बैठक बस्ने सल्लाह दिएका छौँ।”
त्यस बाहेक दुई पार्टीबीचको सम्बन्धलाई बलियो बनाउने भन्नेबारे पनि कुराकानी भएको उनले बताए। “प्रदेश र जिल्लामा संयन्त्र बनाइ कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधन गर्ने, सरकारका विभिन्न निकायका नियुक्तियगायतमा पनि कुरा भयो,” अध्यक्ष नेपालले भने।
अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्मा सम्बोधन गर्नेबारे पनि छलफल भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
