प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहमा संविधानले परिकल्पना गरेअनुसारको अधिकार कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पनि विभिन्न कोणबाट संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जमर्को भइरहेको बताए। उनले संविधान बनाएर सिंहदरबारको अधिकार जनताको घरदैलोमा र घरगाउँ पुर्याएको भनिए पनि सरकारसँगै भ्रष्टाचार बेथिति, विकृति पनि सँगै गएको आरोप लाग्ने गरेको गुनासो गरे।
“स्थानीय र प्रदेश सरकारको परिकल्पना गर्दा सोचेको सपना त्यही नै हो जनतालाई अधिकारसम्पन्न तुल्याउने। हामीले स्थानीय तहलाई दिने भनेर जे सोचेका थियौँ, अधिकार त्यो जस्ताको त्यस्तै कार्यान्वयन हुन सकेको छैन। मान्छेहरूले अहिले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पनि भन्ने गरेका छन्। भ्रष्टाचार बेथिति, विकृति, जो सिंहदरबारमा हुन्थ्यो, गाउँमा हुँदैन थियो, अहिले सरकार बनाउँदा त्यो पनि गयो भन्ने छ।” उनले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई राम्रोसँग कार्यान्वयन गर्ने काम नभएको बताए।
संघीयता, गणतन्त्र आएपछि ‘अधिकारसम्पन्न भयौँ र अवस्था फेरियो’ भन्ने महसुस जनतालाई गराउन नसकेसम्म लोकतन्त्रको औचित्य पुष्टि गर्न नसकिने प्रधानमन्त्री दाहालको भनाइ छ। “हामीले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई राम्रोसँग कार्यान्वयन गर्ने र त्यसको प्रतिफल जनताले भोग्ने, संघीयता आएपछि, गणतन्त्र आएपछि अधिकार सम्पन्न भयौँ, अवस्था पनि फेरियो भन्ने तहसम्म नजाँदा यसको औचित्य सिद्धान्तबाट पुष्टि गरेर हुँदैन,” उनले भने।
सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा बढ्दै गएको अराजकतालाई समयमा नै नियन्त्रण गर्नु जरुरी रहेको बताए। “सामाजिक ऐनकानूनले रोकेका कुराहरू मैले आए भनेर प्रचार गर्नुपर्ने आवश्यकता छैन, त्यहीँबाट द्वन्द्व शुरू भयो। एउटा धर्मवालाहरूले अर्को धर्मको पुस्तक जलाएर देखाउँछ। त्यो बेला सरकार के हेरेर बसेको थियो? हामी सवर्धर्ममा विश्वास गर्छौ, सबै धर्ममा विश्वास गर्छौ। यो जुन खालको अराजकतालाई समयमा नै नियन्त्रण नगर्ने काम अहिले राष्ट्रिय परिस्थिति देखिएको छ। यसले अर्को खालको अराजक अवस्था सिर्जना भएको छ। त्यतातर्फ ध्यान जानुपर्छ।”
उनले निर्वाचित जनप्रतिनिधिहरूले जनतामा भएको असन्तुष्टिको कारकतत्त्व पत्ता लगाएर त्यसको समाधान खोज्न आवश्यक भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
